
चीन पुगे भारतीय प्रधानमन्त्री माेदी, आज राष्ट्रपति शीलाई भेट्ने
बैशाख १४, २०७५ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेका छन्। मोदीले शुक्रबार चिनियाँ राष्ट्रपति शी जिनपिङबीच वार्ता गर्ने छन्। चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मादीले चिनियाँ राष्ट्रपति शिसँग दुई देशबीच रहेका समस्यामाथि वार्ता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत र चीनको सीमा क्षेत्रको समस्या समाधान खोज्नुका साथै दुवै देशले क्षेत्रीय मुद्दाहरुलाई सम्बोधनको प्रयास गर्ने बताइएको छ। माेदी चीनबाट फर्किए लगत्तै नेपालकाे भ्रमण गर्ने कार्यक्रम तय भएकाे छ।