| शुक्रबार, अशोज १६, २०७७

तयाराज

नेपाल भारत मैत्री संघ गोरखाको अध्यक्षमा तयाराज गुरुङ !

दरौँदी ः नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति गोरखा गठन भएको छ । शनिबार गोरखा सदरमुकाममा भएको भेलाले तयाराज गुरुङको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको हो । गोरखाका आजिवन सदस्यहरुको भेलाले मैत्रीसंघको गोरखा जिल्ला कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष कृष्णप्रसाद पोखरेल, सचिब रामचन्द्र दुवाडी, कोषाध्यक्ष सविना धिताल रहेका छन् । त्यस्तै सदस्यहरुमा खुन प्रसाद रेग्मी, बैकुण्ठ अर्याल, सोमराज गुरुङ, हिराबहादुर थापा, डिल्लीराम रेग्मी इन्द्र बहादुर श्रेष्ठ, हितबहादुर श्रेष्ठ, नन्दलाल रेग्मी, ज्ञान कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद पोखरेल रहेका छन् । त्यस्तै अन्य थप सात सदस्य भने पछि मनोनित गर्ने बताएको छ । निवर्तमान अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अतिथि मैत्री संघका केन्द्रीय केन्द्रीस्य सदस्य हरिराम पौडेल लगायतको उपस्थिती रहेको थियो । उक्त संघले जिल्लामा शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणमा मित्रराष्टको साथ लिएर काम गर्ने वातावरण बनाउने सचिब दुवाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्