| शुक्रबार, अशोज १६, २०७७

भीमसेन

लामिछानेको नेतृत्वमा भीमसेनको सामुदायिक बन

दरौँदी ः भीमसेन थापा गाउँपालिकाको सामुदायिक बन उपभोक्ता महासंघको अध्यक्षमा वालकृष्ण लामिछाने सहित अन्य कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
मंगलबार भएको गाउँपालिका भित्रका सामुदायिक बनहरुको भेलाले लामिछानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा निर्मला अम्गाईँ, सचिब मिलन न्यौपाने, कोषाध्यक्ष रमेश श्रेष्ठ रहेका छन्् । त्यस्तै सदस्यहरुमा दिननाथ अधिकारी, दिपकबहादुर अधिकारी, सम्झना भट्ट, कमला बगाले संगिता सुनार, भगवती बञ्जरा रहेकी छन् । त्यस्तै लेखा तथा अनुगमन समितिमा विमला श्रेष्ठको संयोकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । समितिमा बिमलराज लामिछाने, गंगा प्रसाद भट्टराई, खगप्रसाद लामिछाने, कुमारी भट्ट रहेका छन् । त्यस्तै न्यायिक समितिमा खडानन्द भट्ट संयोजक रहने गरी समिति गठन गरिएको छ । उक्त समितिमा पदममान शाक्य, आयूष्मा गुभाजु, सीताराम भट्टराई, शिव श्रेष्ठ रहेका छन् । त्यस्तै मंगलबारकै भेलाले प्रदेश प्रतिनिधी समेत चयन गरेको छ । प्रदेश प्रतिनिधीमा बासुदेव भट्ट, किरण बराम, बुद्धि श्रेष्ठ, विनु लामिछाने, लक्ष्मी ढकाल, इन्द्र कुमारी तिवारी रहेका छन् । प्रदेश प्रतिनिधीमा अध्यक्ष लामिछाने र सचिब मिलन न्यौपाने पदेन सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्