| शुक्रबार, बैशाख १४, २०८१

मुख्यमन्त्री कपमा पालुङ्टारको बौद्ध हिमाल सहभागी हुँदै

मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । जसमा गोरखा बाट वौद्ध हिमाल क्लव पालुङटार सहभागी हुने भएको छ ।
माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए । लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग विजेता टोली होराइजन क्लब श्याङ्जा, भिमाद युथ क्लब तनहुँ, त्रिवेणी युवा क्लब लमजुङ, आर्दश क्लब कास्की, गैँडाकोट खेलकूद नवलपुर, डाँफे युवा क्लब मनाङ, सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीको सहभागिता रहने छन् । प्रतियोगितामा विजेता टोलीले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्