| सोमवार, अशोज ५, २०७७

आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेलाई सफाइ

काठमाडौं : पत्रकार शालिकराम पुडाशैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतवार अन्तिम फैसला सुनाउँदै रविलाई सफाइ दिएको हो ।

यसअघि पुर्पक्षका क्रममा रावलकै इजलासले रविसँग पाँच लाख धरौटी लिएर तारेखमा राखेको थियो। न्यायाधीश मल्लको इजलासले प्रहरीले सरकारी वकिलमार्फत गरेको दाबी अनुसारको अभियोग प्रमाणित हुन नसक्ने भन्दै रविलाई सफाइ दिएको हो।

प्रतिक्रिया दिनुहोस्