| आइतवार, अशोज ११, २०७७

सम्मान

१५० बृद्धबृद्धालाई सम्मान

दरौँदी ः गोरखा नगरपालिका वडा नम्बर ५ ले वडाभित्रका एकसय ५० जना बृद्धबृद्धालाई सम्मान गरेको छ । मंगलबार वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम नै राखेर वडा भित्र रहेका ६० वर्ष उमेर काटेका बृद्धबृद्धालाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बृद्धबृद्धलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
वडा अध्यक्ष रामबहादुर पाटा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, उपप्रमुख विना कुमारी श्रेष्ठ लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । वडा कार्यालयको जेष्ठ नागरिकहरुको शिर्षकको बजेटबाट उक्त कार्यक्रम गरिएको वडा अध्यक्षले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्