| शुक्रबार, कार्तिक १४, २०७७

८ जना अपाङ्गता भएकालाई राहत वितरण


एकिकरण नेपालको सहयोगमा गोरखा नगरपालिकाले ६ जान अपाङ्गता भएका व्यक्तिहरुलाई राहत प्रदान गरेको छ ।

मंगलबार बिहाना वडा नम्बर ६ को कार्यलयमा नगरपालिकाकी उपप्रमुख विमा कुमारी श्रेष्ठले उनीहरुलाई आठ हजारको दरले राहत बितरण गरेकी हुन् ।

सो कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष नारायणप्रसाद अर्याल, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, एकीकरण नेपालका हरि देवकोटा लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्