| सोमवार, भदौ २४, २०८१

प्रधानमन्त्रीलाई जुत्तामा खानेकुरा दिएपछि यस्तो भयो

प्रधानमन्त्रीलाई जुत्तामा खानेकुरा दिएपछि

जापानका प्रधानमन्त्री शिन्जो आबे हालै मात्र मध्यपूर्वको भ्रणमका क्रममा इजरायल पुगे । यस क्रममा २ मे मा उनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनलाई आफ्नो घरमा खानाका लागि निम्ता दिए ।

खानापछि जब मीठाईको कुरा आयो तब यो प्रक्रिया धेरै तनावयुक्त बन्न पुग्यो । समाचार अनुसार नेतन्याहूका सेफ सेगेव मोशेले धातुको जुत्तामा चक्लेट राखिदिए ।

यसबाट नेतन्याहू र अन्य सबैजना पनि चकित भए । जापानमा जुत्तालाई सबैले घृणित बस्तु मान्छन् । यहाँसम्म कि आफ्नो घर या कार्यालय भित्र पनि कहिले पनि जुत्ता लगाएर जाँदैनन् । यस घटनापछि विश्वभरबाट नेतन्याहूको आलोचना भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्