| शुक्रबार, कार्तिक १४, २०७७

गोरखामा प्रजातान्त्रिक इञ्जिनियरहरुको संस्था गठन

 

प्रजातान्त्रिक इञ्जिनियरहरुको फोरम सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सिडेन) गोरखा गठन भएको छ ।

शनिबार ‘जुम बैठक’ गरी सो फोरम गठन गरेको नवगठित समितिका सचिव विकास खनालले जानकारी दिए ।

सो समितिको अध्यक्षमा पालुङ्टारका सुमन गिरी, उपाध्यक्षमा बारपाक सुलीकोटका सन्दीप बराम, सचिवमा पालुङ्टारकै विकास खनाल, सहसचिवमा भीमसेन थापा गाउँपालिकाका रमेश भट्ट र कोषाध्यक्षमा गोरखा नगरपालिकाका जयन्द्र भट्ट चयन भएका छन् ।

त्यस्तै समितिका सदस्यहरुमा गण्डकी गाउँपालिकाका तुलसी घिमिरे, आरुघाटका रेगन कार्की, अजीरकोटका राजन लामिछाने, धार्चेका प्रवीन वस्ती, शहीद लखनका अमिर काप्री, सिरानचोकका सन्तोष धिताल चयन भएका छन् ।

त्यस्तै समितिका सल्लाहकारहरुमा पालुङटारका अनुप देवकोटा, सिरानचोकका प्रियस ढकाल र बारपाक सुलीकोटका माधव ढकाल चयन भएका सचिव खनालले जानकारी दिए ।

सो भेला गण्डकी प्रदेशस्तरीय (सिडिइएन)का सभापति सुरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल इञ्जिनियर्स नेपालका निवर्तमान केन्द्रीय सदस्य सरोज धिताल, (सिडिइएन)गण्डकी प्रदेशका सदस्य रबिन्द्र पौडेल  र नेपाली काङ्ग्रेसका गोरखा जिल्ला सचिव नन्द प्रसाद न्यौपाने र इञ्जिनियर माधव ढकालको उपस्थितिमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्