| बिहिबार, अशोज १५, २०७७

मोदी

मोदी आउने बेला राजधानीका सडक बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने नेपाल भ्रमणका क्रममा राजधानीका केही सडक १० देखि १२ मिनेटसम्म बन्द हुने भएका छन्।

 

आज दिउँसो मोदी काठमाडौं आएपछि उनी सवार हुने स्थान तथा बासस्थानमा जाने सडक मार्ग १० देखि १२ मिनेटसम्म बन्द गरिने भएका हुन्।

महानगरीय ट्राफिक महाशाखाका अनुसार मोदी विमानस्थलमा अवतरण गरेपछि उनी सवार हुने सडक खाली हुनेछन्।

उनी कार्यक्रमस्थल पुगेपछि भने सडक खुल्दै जाने महाशाखाले जनाएको छ। त्यसका लागि सम्पूर्ण ट्राफिक व्यवस्था तयार पारिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्