| सोमवार, अशोज ८, २०८०

मोदी

जनकपुर ओर्लिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने धार्मिक भ्रमणका लागि अहिले भर्खरै जनकपुर ओर्लिएका छन् । एयर इन्डियाको विमानबाट प्रधानमन्त्री मोदी जनकपुर आइपुगेका हुन् ।
जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् ।
विमानस्थलबाट उनी सीधै जानकी मन्दिर जाँदैछन् । जहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दैछन् ।
जानकी मन्दिरमा पुजाअर्चना गरिसकेपछि रामायण सर्किटको संयुक्त रुपमा शिलन्यास गर्नेछन् । त्यसपछि रामायण सर्किटमा जनकपुर पनि जोडिनेछ ।
मन्दिरमा पुजा गरिसकेपछि प्रधानमन्त्री मोदीलाई जनकपुरस्थित बाह्रबिघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । नागरिक अभिनन्दनपछि उनले त्यहाँ सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्