| बिहिबार, चैत्र ६, २०८१

ओली —मोदी

भारतीय पत्रिकाले लेख्यो ः बिग्रिएको सम्बन्ध सुधार्न मोदी नेपालमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवारबाट दुईदिवसीय भ्रमणका क्रममा नेपाल आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा उनी आउन लागेका हुन् ।

मोदीको नेपाल भ्रमणलाई भारतीय पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन् । नवभारत टाइम्सको शुक्रवार प्रकाशित अन्लाइन संस्करणमा ओली नेतृत्वको बलियो वामपन्थी सरकार बनेको केही समयभित्र मोदीको भ्रमण हुन लागेको उल्लेख छ ।

मोदीको भ्रमणलाई नेपाली संविधानलाई भारतले गरेको समर्थनका रूपमा हेरिँदैछ ।

प्रधानमन्त्री ओलीले सन् २०१५ मा जारी गरिएको संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिखेर भारतले संविधानलाई समर्थन गरेको थिएन । त्यसपछि नेपालविरुद्ध गैरआधिकारिक नाकाबन्दी लागेको पत्रिका लेख्छ ।

तीन वर्षभित्र मोदीको तेस्रो नेपालभ्रमण ‘छिमेकी पहिले’ नीतिमा उनको प्रतिबद्धता अनि पुरानो घाउ भर्ने किसिमको विदेशनीति सम्हाल्ने उनको चातुर्य दर्शिन्छ भनी पत्रिका दाबी गर्छ ।

पत्रिका थप लेख्छ :

काठमाडौंमा प्रधानमन्त्रीद्वय मोदी र ओली शनिवार ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको आधारशिला राख्नेछन् । भारतको सहायतामा यो परियोजना बनिरहेको हो । अरुण तेस्रो नेपालमा बन्ने सबभन्दा ठूलो जलविद्युत्
परियोजना हो र यसका लागि नेपाल सरकारले हालै जेनरेसन लाइसेन्स जारी गरेको छ । यो परियोजना पाँच वर्षमा पूरा हुने आशा गरिएको छ र यो नेपालको अर्थव्यवस्थामा गेमचेन्जर साबित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्