| बिहिबार, अशोज १५, २०७७

जानकीको जन्मस्थलबाट रामको जन्मस्थलसम्म बस सेवा

जानकीको जन्मस्थलबाट रामको जन्मस्थलसम्म बस सेवा

शुक्रबारबाट जानकी जन्मस्थल जनकपुर र भगवान् रामको जन्मस्थल अयोध्यामा सीधा बस सेवा सुचारू भएको छ।

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बसको संयुक्त उद्‍घाट गरेका हुन्।

भारतीय प्रधान मन्त्री र नेपालका प्रधानमन्त्रीले  जनकपुर अयोध्या सिधा बस सेवा को सुभारम्भ गरेका छन्। जनकपुर र अयोध्याको सिधा बस सेवाको उद्घाटन गर्दै यसले दुइ देश बिचको धार्मिक सम्बन्ध अझै प्रगाढ हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए।

उनले दुई देशका नागरिक बीचको सम्वन्ध थप प्रगाढ बन्नेसमेत बताएका छन्।   प्रभानमन्त्री ओलीले सिधा बससेवा सञ्‍चानले दुई देशको धार्मिक सम्वन्ध थप मजबुत बनाउने बताए।

प्रतिक्रिया दिनुहोस्