| शनिबार, बैशाख ८, २०८१

प्रकाशकीय

गोरखाको पहिलो समाचारमुलक पत्रिका दरौदी दैनिक २२ बर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामीलाई सहयोग गर्ने पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तक, पत्रकार तथा कर्मचारी एवं सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दछु ।
बिगतमा विभिन्न कार्यक्रम आयोजना गरी पत्रिकाको वार्षिकोेत्सव मनाइन्थ्यो । तर अहिले कोरोनाको कहरका कारण केही कार्यक्रम गरिएन । दुख गरेरै भएपनि पत्रिका दैनिक प्रकाशन भइरहेको छ । यो नै अहिलेको उपलब्धि हो भन्नुपर्ने अबस्था छ ।
विश्वास छ, यो महामारीबाट परिस्थिति छिट्टै सामान्य बन्नेछ र आम पाठक र शुभेच्छुक माझ अझ सशक्त भएर प्रकशन गर्नेछौं । यो कठिन परिस्थितिमा पनि तपाईहरुको साथ र सहयोगका लागि हृदयदेखि नै आभार प्रकट गर्न गर्द्छु ।
पाक्षिकदेखि साप्ताहिक र दैनिक प्रकाशनसम्म आइपुगेका हामीले समय सापेक्ष अनलाईन संस्करणलाई पनि सशक्त बनाउँदै लगेका छौं । जनताको पहरेदारको रुपमा सदैव अडिग भएर लागिरहने प्रतिवद्धता व्यक्त गर्दै सदैव रचनात्मक सल्लाह, सुझाव दिइहनु हुनेछ भन्ने अपेक्षा गर्दछु । धन्यवाद ।

शैक्षिक संस्था सञ्चालन नगर्न प्रशासन कार्यालयको निर्देशन
जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको छ । बिहिबार सूचना जारी गर्दै प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा सहजता ल्याउनका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि शैक्षिक संस्था लगायतका अन्य विभिन्न सेवा सञ्चालन नगर्न निर्देशन गरेको हो ।
शिक्षा मन्त्रालयको निर्देशिका बमोजिम जिल्लाका विद्यालय असोज १ बिहिबारदेखि विद्यालय खुलेका थिए ।
प्रशासन कार्यालयबाट जारी सूचनामा विद्यालय, कलेज, ट्युशन सेण्टर, तालिम केन्द्र, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, भेला, प्रदर्शन, सिनेमा हल, पार्टीप्यालेस पनि सञ्चालन नगर्न सूचनामा उल्लेख छ ।
त्यस्तै शैलुन, व्युटीपार्लर, जीमखाना, हेल्थक्लव, पुलहाउस, कवर्ड हल, समूहमा खेलिने खेलकुद, सबै प्रकारका धार्मिक स्थल, पुस्तकालय र संग्रहालय पनि सञ्चालन नगर्न प्रशासन कार्यालयले निर्देशन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयभित्र जाँदा व्यक्तिगत विवरण टिपाउनु पर्ने
अबदेखि जिल्ला प्रशासन कार्यालयमा कामका लागि जानेले प्रवेशद्वारमै व्यक्गित विवरण टिपाउनु पर्ने भएको छ । कोरोना संक्रमण फैलिएमा सेवाग्राहीको कन्ट्याक ट्रेसिङ गर्न सहजताका लागि विवरण टिपाउने व्यवस्था लागु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्