| शनिबार, बैशाख ८, २०८१

Money

जनकपुरलाई मोदीको उपहार १ अर्ब

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरक्षेत्रको विकासका लागि १ अर्ब सहयोग गर्ने घोषणा गरेका छन् ।

जनकपुरको बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो सहयोघको घोषणा गरेका हुन् । अयोध्या र जनकपुरलाई जोड्नका लागि आफू प्रयत्नशील रहेको भन्दै नेपाल सरकारको योजना अनुसार नै आफूले सहयोग गर्ने मोदीले बताए ।

जनकपुरक्षेत्रको समग्र विकासका लागि आफू लागिपर्ने भन्दै जनकपुर–जयनगर रेलमार्गको काम पनि तीब्रगतिमा भइरहेको उनले बताए । भारतीय सरकारले स्वच्छता अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्