| बुधबार, अशोज २३, २०८१

नेपाल नभए धाम र राम दुबै अधुरो ः मोदी

नेपाल नभए धाम र राम दुबै अधुरो ः मोदी

नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतको इतिहास, आस्था र विश्वास अधुरो हुने बताएका छन्।

जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालबिना भारतको हरेक क्षेत्र अधुरो रहेको बताए।

‘नेपाल बिना भारतको अास्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ,’ मोदीले भने, ‘नेपालबिना भारतका धाम पनि अधुरा हुन्छन्, राम पनि अधुरा हुन्छन्।’

सम्बोधनको सुरूमा हिन्दीमा बोलेका मोदीले केहीबेर मैथिलीमा बोलेका थिए। सम्बोधनका क्रममा उनले नेपाली भाषामा पनि बोलेका थिए।

सुरुमा उनले सन् २०१४ आउँदा पनि आफूले संसदमा छिटै जनकपुर आउँछु भनेको उल्लेख गरे। ढिला भएकोमा उनले क्षमा पनि मागे।

‘म त्यतिबेला नै आउन चाहन्थें, तर विभिन्न कारणले आउन पाइनँ। ढिला भएकोमा म क्षमा चाहन्छु,’ मोदीले भने, ‘जानकी माताको दर्शन गर्ने माग मेरो कामना पूरा हुँदा आज गौरवान्तित भएको छु।’

उनले यसपालि आफू प्रधानमन्त्रीका रूपमा नभई प्रधान तीर्थयात्रीका रूपमा नेपाल भ्रमणमा आएको बताए।

प्रतिक्रिया दिनुहोस्