| शुक्रबार, चैत्र १६, २०८०

मोदीलाई नेपाल आएपछि यस्तो पोस्टर टाँसियो दिल्लीमा

मोदी नेपाल आएपछि यस्तो पोस्टर टाँसियो दिल्लीमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्कुराइरहेको र हात जोडेको अनि द लाइ लामा लेखिएको पोस्टरहरू दिल्लीका अनेकौं पर्खालहरूमा टाँसिएका छन् । प्रहरीले पछि ती तस्वीरहरू हटाएको छ ।

ती पोस्टरका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

मन्दिर मार्गको जे–ब्लक क्षेत्र, एन्डीएमसी क्षेत्र, पटेलनगर र शंकर रोड क्षेत्रमा बिहीवार टाँसिएका थिए ।

भाजपाका कैयौं नेता र सदस्यहरूले पोस्टरमा आपत्ति उठाएका थिए ।

बिहान साढे १० बजे प्रहरीले मन्दिर मार्गबाट ती पोस्टर हटाएको थियो ।

पोस्टरमा मुद्रक वा प्रेसको कुनै उल्लेख छैन ।

अज्ञात व्यक्तिहरूविरुद्ध पोस्टर टाँसेको उजुरी दर्ता गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्