मोदी काठमाडौं आउँदा सर्वसाधारण सडकमै अलपत्र
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । यस पटक मोदीले नेपाल भ्रमण जनकपुरबाट गरेका हुन्। शुक्रबार दिउँसो मोदी साढे तीनबजे जनकपुरबाट काठमाडौं आइपुगेका छन् । मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै बौद्धस्थित ह्यात होटल पुगेका छन् ।
मोदीको सवारीका लागि राजधानीका सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।