गोरखाको हिमाली भेगमा गहुँ रोप्ने सिजन
उत्तरी गोरखाको छेकम्पारमा गहुँ लगाउने सिजन सुरु भएको छ ।
छेकम्पारको मुख्य खेतीको रुपमा गहुँ, फापर र आलुलाई लिने गरिन्छ । तीनहजारदेखि तीनहजार पाँचसय मिटरसम्म उचाइ रहेको यहाँ एक बर्षमा एकखेती मात्र हुने गर्छ ।
अहिले लगाएको गहुँ भदौ महिनामा काट्ने गर्छन् ।
