
प्रहरीलाई कोरोना देखिएपछि बाह्रकिलाे चौकीको सेवा बन्द
प्रहरी चौकी बाह्रकिलाेमा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बाह्रकिलाे प्रहरी चौकीले सर्वसाधारणका लागि सेवा बन्द गरेको छ ।
चौकीमा कार्यरत सबै प्रहरी क्वारेन्टिनमा रहेको र संक्रमित आइशोलेसनमा बसेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।
अर्को सुचना जारी नभए सम्मका लागि बाह्रकिलाे प्रहरी चौकीबाट दिँदै आएको सेवा जिल्ला प्रहरी कार्यालय गोरखाबाट हुने बताइएको छ ।