मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइएको हो ।
मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्यौ । टुँडिखेलमा गार्ड अफ अनर दिइने मोदी दोस्रो विदेशी पाहुना हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी पाहुना भएका थिए ।
सरकारले २००७ सालदेखि विदेशी अतिविशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा औपचारिक स्वागत र सम्मान गारत दिँदै आएको थियो । समारोहमा नेपाली सेनाले दुवै देशको राष्ट्रिय गानको धुन बजाइएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।