| बिहिबार, माघ १५, २०७७

भारत सरकारद्वारा केरावारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपहार


भारत सरकारले गोरखाको केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसर पारेर भारतीय दूतावासले शुक्रबार केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो ।


स्थानीय उत्तमबहादुर गुरुङलाई दूतावासले एक समारोहका बीच एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

स्वास्थ्यचौकीले लामो समयदेखि एम्बुलेन्सको माग गरेको केराबारीका वडाअध्यक्ष सुकबहादुर गुरुङले बताए । ‘हामीले धेरै पहिलेदेखि एम्बुलेन्स माग गरेका थियौँ । आज पायौँ, खुशी लागेको छ’, गुरुङले भने, ‘अब यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नसक्नुपर्छ ।’

गाउँमा एम्बुलेन्स नहुँदा बसमा वा अन्य सवारी साधनमा बोकेर अस्पताल लानु पर्ने अबस्था अब अन्त्य भएको उनले बताए । ‘कोही बिरामी भयो भने, बस, बोलेरो जीप, ट्रक जे भेटिन्छ, त्यहीमा हालेर अस्पताल लानुपथ्र्यो । अब गाउँमै एम्बुलेन्स आएपछि गाउँले असाध्यै खुशी भएका छन्’, उनले भने ।


सोही अवसरमा भारत सरकारले नेपालका ३० जिल्लाका बिभिन्न सामाजिक तथा गैरनाफामुलक संघसंस्थालाई एम्बुलेन्स प्रदान गरेको छ ।
यससंगै भारत सरकारले सन १९९४ देखि अहिलेसम्म आठसय २३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको जनाएको छ । त्यस्तै हालसम्म १६० वटा स्कूल बसहरु प्रदान गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्