| शुक्रबार, माघ ४, २०८१

मुक्तिनाथ

मुक्तिनाथमा मोदीले किन मुखै खोलेनन् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमणमा रहेका छन्। जनकपुरबाट धार्मिक यात्रा गरेका मोदीले दुई दिनको राजनीतिक भेटघाटमा व्यस्त हुँदै शनिबार मुक्तिनाथको दर्शन गर्न पुगे।  मोदीलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी र प्रदेश चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरे।

मुक्तिनाथमा उनले करिब एक घण्टा बिताए। एकघण्टाको बसाइमा उनले मुक्तिनाथको पूजाअर्चना गरे तर उनले त्यहाँ कुनै कुरा बोलेनन्, मात्र अवलोकन र पूजा अर्चना गरे। मुक्तिनाथलाई उनले निकै नजिकबाट नियाले, तर केही बोलेनन्। उनलाई विभिन्न धार्मिक संस्थाले मोदीलाई सम्मान गरे।  उनले त्यहाँ सामूहिक तस्बिर मात्र खिचाए।  मोदीको धार्मिक भ्रमणले मुक्तिनाथको झनै महत्व बढ्ने स्पष्ट देखिन्छ।

त्यहाँबाट उनकै आफ्नो आधिकारिक युटुब च्यानलबाट समेत मन्दिरमा पूजा गरेको मात्र लाइभ गरे। त्यहाँ उनले विभिन्न व्यक्तिहरुलाई भेटेको समेत लाइभ गर्न भ्याए। उनको आफ्नै च्यानलबाट पनि दशकौ पहिले मुक्तिनाथ पुगेको कुरा खुलाए। त्यस्तै, मोदी प्रधानमन्त्रीका रूप पहिलोपटक नेपाल आउँदा आफैँले संसद्‍मा नेपालीमा भाषण गर्दै भनेका थिए, ‘धेरै धेरै वर्षअघि एक पथिक यात्री र तीर्थालुको रूपमा म मुक्तिनाथ पुगेको थिएँ’।

प्रतिक्रिया दिनुहोस्