| सोमवार, अशोज ५, २०७७

अभिनन्दन

भित्र मोदीलाई अभिनन्दन, बाहिर पत्रकारको क्यामेरा डाउन

राष्ट्रियसभा गृहभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन भइरहँदा बाहिर भने पत्रकारहरू आन्दोलन गरिरहेका छन्।  अभिनन्दन स्थल राष्ट्रिय सभागृहभित्र पत्रकारलाई प्रवेश गर्न रोकेको भन्दै पत्रकारहरूले क्यामेर डाउन गरेर सांकेतिक आन्दोलन गरेका हुन्।

मोदीको कार्यक्रमका लागि विशेष पास पाएका नेपाली मिडियाका पत्रकारहरू अभिनन्दन स्थल जाँदा सुरक्षाकर्मीले रोकेका थिए। समाचार संकलनका लागि जान नपाएपछि पत्रकारहरूले सडकमै क्यामेरा डाउन गरेका हुन्।

पत्रकारले विशेष पासले सभा गृह प्रवेश गर्न नपाइने भए पहिलानै जानकारी गराइनु पर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्