| बिहिबार, मंसिर ११, २०७७

पूर्वराजा

पारस उत्तर जाँदा ज्ञानेन्द्र दक्षिण लागे

पूर्वराजा ज्ञानेन्द्र आज केही हप्ताको बसाईंका लागि बाराको सिमरा प्रस्थान गर्ने भएका छन्। स्रोतका अनुसार, आज दिउसो ३ बजे उनी पत्नी कोमलसहित सिमरा लाग्नेछन्।

करिब तीन हप्ताको सिमरा बसाईंको क्रममा उनले वरिपरिका जिल्लाको पनि भ्रमण गर्नेछन्। आजै पूर्व युवराज पारश काडमाडौंको गोकर्णस्थित दुई मन्दिरमा पुजाआजाका लागि जाँदैछन्।

दिउसो १२ बजे गोकर्ण, उत्तरगयास्थित कान्ति भैरव र पञ्चमुखी हनुमान मन्दिरमा पुजाका लागि पारश जान लागेका हुन्। पारशले केही समययता विभिन्न मठ मन्दिरमा पुजाआजालाई तीब्र बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्