| शुक्रबार, माघ ४, २०८१

मोदी

मोदीको भ्रमणबारे भारतमै प्रश्न उठेपछि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ । उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ ।

कंग्रेसले जित हासिल गरे उसको मनोबल उच्च हुने र उसकै पछाडि अन्य दल पनि २०१९ को लोकसभाका लागि बीजेपी सरकारविरुद्ध गोलबद्ध हुँदै जाने विश्लेषकहरूको दाबी छ । सत्तारूढ दल भाजपाले यो चुनावलाई दक्षिण भारतको प्रवेशद्वारका लिएको देखिन्छ । कर्नाटकमा जित हात पारे आगामी लोकसभा चुनावसम्म दक्षिण भारतीय राज्यहरूमा समेत आफ्नो प्रभाव विस्तार गर्दै लैजाने योजनामा भाजपा देखिन्छ ।
मोदीको यस पटकको नेपाल भ्रमण विशेषत: घरभित्रको राजनीति लक्षित भएको दाबी दिल्लीका परराष्ट्र मामिलाका विश्लेषक र पत्रकारहरूले समेत गरेका छन् । जनकपुर, मुक्तिनाथ हुँदै पशुपतिनाथ गएर टुंगिएको उनको तीर्थाटन विशेषगरी उत्तरप्रदेश, बिहारदेखि दक्षिण भारतीय राज्य कर्नाटकसम्म लक्षित रहेको उनीहरूको दाबी छ । कर्नाटकको जनसांख्यिक संरचना हेर्ने हो भने उक्त दाबीलाई गलत भन्न मिल्दैन ।
प्रतिक्रिया दिनुहोस्