कर्मचारीको उमेर हद ६० वर्ष बनाईने
काठमाडौं : संघीय प्रशासनिक पुनसंरचना समितिले विभिन्न सरकारी सेवाका कर्मचारको अवकाशको उमेर ६० वर्ष पुर्याउन प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी ओलीलाई पेस गरिएको प्रतिवेदनमा कर्मचारीको उमेर ६० वर्गा पुर्याउन उपर्युक्त हुने सुझाब दिएको खबर आजको गोरखापत्रमा छापिएको छ। त्यस्तै नयाँ पत्रिकाले कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउन संघिय निजामति सेवा नियमावली ऐनको मस्यौदा प्रस्ताव गरेको खबर छ। मन्त्रालयले ऐनको मस्यौदा सामान्य अध्ययनपछि एक हप्ताभित्र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ।