| सोमवार, अशोज ८, २०८०

स्थानीय तहमा ५७ हजार कर्मचारी पठाउने निर्णय

सरकारले स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारीलाई पठाउने निर्णय गरेको छ।

 

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो।

अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन्। २५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन्। यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन्।

यसैसरी त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन्उ। उपमहानगर ११, महानगर ५ र संघीय राजधानी भएको महानगर एउटा रहेकाे छ। ७७ वटा जिल्ला समन्वय समितिसहित स्थानीय तहको संख्या ८३० छ।

प्रतिक्रिया दिनुहोस्