| शनिबार, बैशाख ८, २०८१

आँबुखैरेनीमा लायन्सका सदस्यलाई प्रशिक्षण

लायन्स क्लव अफ आँबुखैरेनी सिटीले आफ्नो क्लवमा आवद्ध सदस्यहरुलाई प्रशिक्षण दिएको छ । शनिवार आँबुखैरेनीमा एक कार्यक्रमका बिच शाखामा आवद्ध रहेका ४० जना सदस्यलाई प्रशिक्षण दिइएको हो ।
लियो क्लव ३२५ बिवान् का अध्यक्ष एवं पूर्व अध्यक्ष प्रेमकुमार श्रेष्ठ र लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिब खनालले प्रशिक्षण दिएका हुन् ।

लायन्सका सदस्यहरुको दायित्व, कर्तब्य, क्लव प्रति निर्वाह गर्नुपर्ने भुमिका, सामाजिक उत्तरदायित्व लगायतका बारेमा जानकारी प्रदान गरिएको क्लवका अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्