| बुधबार, फाल्गुन १९, २०७७

ओलीले राजाको शैली देखाएः कांग्रेस नेतृ पन्त

नेपाली कांग्रेसकी नेतृ कमला पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शैलीमा हुकुमी शासन चलाउन खोजेको आरोप लगाएकी छिन् ।

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ ले भच्चेकमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भनिन् ‘प्रधानमन्त्रीमा राजाको शैली देखियो, कांग्रेसले जस्तो सुकै आन्दोलन गरेर पनि यो निरङकुशताको बिरुद्ध लड्नेछ ।’

जनताले निर्वाचनबाट पाँच वर्षका लागि चुनेका प्रतिनिधि सभाको बिघटन गर्नु आफैँमा लज्जासपद र संविधान बिरपरित भएको बताउँदै उनले यसबाट देशलाई ठुलो घाटा पुगेको बताईन ।

प्रतिक्रिया दिनुहोस्