
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यसको मर्मतको लागि समय लाग्छ । मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने उनले जानकारी दिए ।
ठाकुरका अनुसार रन वेको सी र डीको बिचमा पिच उप्किएको छ । जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन् । ‘रन वे को पिच उप्किएको छ, जसको अहिले मर्मत हुँदैछ, अब केही समय मर्मतको काम सकिनेछ,’ठाकुरले भने ।