
फिल्म खेलेरै कमाइन् अनुष्का शर्माले १३५० करोड
अनुष्का शर्मा बलिउडकी उम्दा अभिनेत्री हुन् । उनले शाहरुख खानका साथ रब ने बना दी जोडीबाट फिल्मी करीयर शुरू गरेकी हुन् । दश वर्षअघि आएको उक्त फिल्ममा नै छाप छोड्न सफल अनुष्काले पछि फर्केर हेर्नुपरेको छैन ।
दश वर्षमा उनले १६ वटा फिल्ममा काम गरिसकेकी छन् । उनले अभिनयका अलावा दुईतीनवटा फिल्म निर्माण पनि गरेकी छन् ।
उनका दुईवटा फिल्महरू ब्लकबस्टर हिट भए, नौवटा हिट भएर अनि पाँचवटा चाहिँ फ्लप भए । उनले खेलेको फिल्म पीकेले भारतीय बक्स अफिसमा ३४०।८० करोड भारु कमायो ।
त्यसपछि धेरै कमाउने फिल्म रह्यो सुल्तान । त्यसले ३००।४५ भारु कमायो । जब तक है जानले १२०।८५ भारु कमायो भने ऐ दिल है मुश्किलले ११२।४८ भारु जोड्यो ।
अहिलेसम्म उनले खेलेका फिल्महरूले कुल १३५० करोड भारु कमाइसकेका छन् । भन्नाको अर्थ उनका फिल्मले औसतमा १०० करोड भारु कमाएको देखिन्छ ।