| शुक्रबार, साउन १५, २०७८

प्रहरी गेटमा नागरिक सहायता कक्ष

दरौंदी समाचारदाता

जिल्ला प्रहरी कार्यालयले नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई सहज सेवा दिन सोमवारदेखि नागरिक सहायता कक्ष सुरु गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
‘बिभिन्न ब्यक्तिबाट निवेदन तथा उजुरी लेख्दा महँगो शुल्क तिर्नुपर्ने ब्यापक गुनासोपछि उक्त गुनासो न्यूनिकरण गर्न हेल्प डेक्स संचालन गरेका हौँ’ डिएसपी दाहालले भने । अब प्रहरी मा तत्कालउजुरी, निवेदन दिनुपर्ने स्थानीयले अन्यत्र वकिल, लेखनदास खोजेर शुल्क तिर्नुपर्दैन । आफैँ लेख्न नसक्नेहरु लाई प्रहरीले उजुरी लेख्न सघाउनेछ ।
‘सर्वसाधारणलाई सहज र छिटो सेवा दिन हेल्प डेक्स सुरु गरेका हौँ’ डिएसपी दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्