| शनिबार, बैशाख ८, २०८१

गोरखामा कोरोना संक्रमितको संख्या एक सय ९६ पुग्यो, पुरै जिल्ला निषेधाज्ञा हुन सक्ने

गोरखामा कोरोना संक्रमितको संख्या एक सय ९६ पुगेको छ । सरकारले दुई सय संक्रिया संक्रमित रहेको पहाडी जिल्लामा पुरै जिल्ला निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो ।
गोरखामा स्थानीय प्रशासनले दुई सय संक्रमित नपुगेको भन्दै पुरै जिल्ला निषेधाज्ञा गरेको थिएन । आज एकै पटक ५० जना संक्रमित थपिएसँगै पुरै जिल्ला निषेधाज्ञा हुने संभावना छ । यसका लागि जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठक बसेर जिल्ला सुरक्षा समितिले निर्णय गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्