| शुक्रबार, साउन १५, २०७८

उपचार बाहेकमा प्रयोग हुने अक्सिजन सिलिण्डर खोज्दै गोरखा प्रहरी

गोरखा प्रहरीले उपचार बाहेकमा प्रयोग हुने अक्सिजन सिलिण्डर खोजी गर्न थालेको छ । ग्यास, उद्योग, कारखाना लगायतका ठाउँमा प्रयोग हुने अक्सिजन सिलिण्डिरको रेकर्ड राखेर लिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले बताए ।
गोरखा सदरमुकाममा उपचार बाहेकमा प्रयोग भएका एक सय भन्दाबढि ठुलो सिलिण्डर रहेको अनुगमन गरिएको छ । प्रहरीले कसको कति केजीको सिलिण्डर हो भन्ने रेकर्ड राखेर माग्ने नभए जफत गर्ने डिएसपी प्रकाश दाहालले बताए । त्यसरी संकलन भएको सिलिण्डर गोरखा अस्पताललाई बुझाउने उनले बताए । छरिएर रहेको सिलिण्डर संकलन गर्ने योजना अनुसार यो अभियान सुरु भएको प्रहरीले जनाएको छ ।
सोमवार बिहान बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले उपचार बाहेकमा प्रयोग हुने सिलिण्डर बुझाउन सुचना पनि जारी गरेको छ । कोरोनाको जोखिम बढेको र अक्सिजनको माग धेरै भएकाले सिलिण्डर खोजी भएको हो । खाली र भरी दुबैखाले सिलिण्डर प्रशासनले उठाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्