| शनिबार, अशोज २, २०७८

ग्लोबल गोरखा समाजद्वारा भिमसेनथापामा चार थान अक्सिजन कन्सनट्रेटर सहयोग

ग्लोबल गोरखा समाजले भिमसेन थापा गाउँपालिकालाई चार थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।

गोरखाका जिल्लाका ११ वटा स्थानीय तहका बिभिन्न ४० स्वास्थ्य संस्थामा कन्सनट्रेटर सहयोग गरेको समाजले बुधवार भिमसेन थापालाई चार थान सहयोग उपलब्ध गराएको हो ।
ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेलाई उक्त कन्सनट्रेटर गाउँपालिका कार्यालयमै पुगेर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा समाजका अध्यक्ष अधिकारीले बिदेशमा रहेका गोर्खाली र सहयोगी अन्य ब्यक्तिहरुबाट गोरखाका लागि कन्सनट्रेटर सहयोग जुटेको बताए ।

कार्यक्रममा समाजका नेपाल संयोजक बिनोद पोखरेलले आगामी दिनमा पनि समाजले निरन्तर गोरखाका स्थानीय तह सँग सहकार्य गरेर सामाजिक काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्