| शनिबार, अशोज २, २०७८

फिलिममा टेलिफोन सञ्चालनमा


चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम लगायत आसपासमा बिगत १० दिनदेखि अबरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ ।

गत जेठ २ गतेदेखि अबरुद्ध रहेको स्काइ प्रविधिको मोबाइल सेवा शुक्रबारबाट सञ्चालनमा आएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए ।


फिलिम, पाङसिङ, देवल, पाती, आँगासस्र्यूँ, घट्टेखोला, सल्लेरी, जगतबजार, सिर्दिबास लगायतका ठाउँमा अबरुद्ध विद्युत अब सुचारु भएको उनले बताए । काठमाडौँस्थित सो प्रविधिको मोबाइल सेवा प्रदायक कार्यालयमा निरन्तरको ताकेतापछि मोबाइल सञ्चालनमा ल्याइएको घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्