| शनिबार, अशोज २, २०७८

पालिकाका बजेट तथा कार्यक्रम वितरणमुखी


दुईवटा बाहेक गोरखाका सबै पालिकाको बजेट अधिवेशन(गाउँसभा) सम्पन्न भएको छ । दुर्गमता, बाढी पहिरोको सकस, सञ्चार सम्पर्क बिच्छेद तथा अन्य प्राविधिक कारणले चुमनुब्री गाउँपालिकाको सभा हुन सकेन । गाउँपालिकाका प्रमुखलाई कोभिड भएका कारण आरुघाट गाउँपालिकाको सभा पनि हुन सकेन ।
अन्य नौ वटा पालिकाको गाउँसभा सकिएको छ । बिगत बर्ष विवादका कारण अल्झेका पालिकाहरुले पनि यस बर्ष यथासमयमा सभा सम्पन्न गरेका छन् ।
सबैलाई राम्रा नीत तथा कार्यक्रम ल्याउँ भन्ने त लागिहाल्छ । तथापि कसले कति राम्रो नीति तथा कार्यक्रम ल्याए भन्ने त सबैको तुलनात्मक अध्ययन गरेपछि भइनै हाल्छ । त्यसैले यसपटक पनि विभिन्न लोकप्रियता कार्यक्रमहरु पालिकाले ल्याएका छन् ।
कुनै आश्चर्य भएन भने अर्को बर्ष स्थानीय चुनाब हुदैछ, त्यसैले यो टिमले गाउँ तथा नगरसभा गर्ने यो अन्तिम बर्ष हो । यसरी हेर्दा यस पटकको बजेट बिगतमा भन्दा बढि वितरणमुखी देखिएको छ । आसन्न निर्वाचनलाई मध्यनजर गरी पालिका नेतृत्वले वितरणमुखी र मतदाता रिझाउने खालको कार्यक्रम गरेको देखिन्छ ।
अल्पकालीन फाइदा दिने भन्दा बजेटले दीर्घकालीन लाभ दिने खालको हुनु पर्ने हो, दीगो विकासमुखी हुनु पर्ने हो , तर चुनाबी बर्ष भएको हुँदा यसपटकको बजेट इष्ट राख्ने खालका, खुशी बनाउने खालका धेरै छन् । त्यो एउटा पालिकाको मात्र होइन ।
यसो भनिरहँदा बजेट नराम्रो छ भन्न खोजिएको भने होइन, विशेषता यस्तो देखियो भन्न मात्र खोजिएको हो ।

प्रतिक्रिया दिनुहोस्