| शनिबार, अशोज २, २०७८

गोरखामा बाल तथा महिला यौन दुव्र्यवहारको घटना बढ्यो : इन्सेक

गोरखामा बाल यौनजन्य दुव्र्यवहारको घटना बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निश्कर्ष निकालेको छ ।

जनवरी १ देखि जुलाई १५ सम्म १४ जना बालिकाहरु र ५ महिलाहरु यौन दुव्र्यवहारको शिकार बन्न पुगेका इन्सेकले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
विहिबार सम्पन्न एक कार्यक्रमा इन्सेकले गोरखामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटनाहरु बढेको जनाएको छ ।
चार वर्षको बालिकादेखि सोह्र बर्षीया बालिकासम्म करिब १४ वटा घटना दर्ता भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । उक्त घटनामा सबै आरोपितहरु १३ वर्षीया बालिकादेखि ८७ वर्षीया वृद्धसम्म रहेका छन् ।

इन्सेक गोरखाका अनुसार १४ बर्षका ५ जना, १६ बर्षका १ जना, १५ बर्षका ३ जना, १३ बर्षका २ जना, ७ बर्षका १ जना, १२ बर्षका १ जना र ४ बर्षका १ जना बालिका माथि बलात्कार, बलात्कार प्रयास तथा यौनदुब्र्यहारको घटना भएको इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले बताए ।
त्यस्तैगरी जिल्लामा २० बर्ष माथिका महिलाहरु पनि बलात्कार तथा बलात्कार प्रयासका घटनामा परेका छन् ।

५७ र ५३ बर्षका दुई जना महिला, २६ बर्षका एक महिला, २२ बर्षका २ जना युवती माथि पनि बलात्कार तथा बलात्कार प्रयासका घटना भएको इन्सेक गोरखाले जनाएको छ । यस घटनामा आरेपितहरु २१ वर्षदेखि ३५ वर्षसम्मका रहेका छन् ।
असार ७ गते पशु पूर्ण खोप अभियान अन्तरगत खोप लगाउन भीमसेन थापा गाउँपालिका ७, बोर्लाङ पुगेका भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाका कर्मचारी प्रिती गैरे र बिशाल सिर्मल माथि जातिय बिभेदको घटना पनि इन्सेकले प्रतिवेदनमा समावेश गरेको छ ।

जातिय विभेद भएको भन्दै पिडितले भिमसेनथापा गाउँपालिका ७ को वाड कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्