| सोमवार, मंसिर १३, २०७८

ईलाका, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन

गोरखामा अहिले बिभिन्न तीन ठाउँबाट मतदाता नामावली संकलनको काम चलिरहेको छ । जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय सिर्दिबास र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामालवी संकलन चलिरहेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले बताए ।


‘जिल्ला निर्वाचन कार्यालयमा निरन्तर र ईलाका, जिल्ला प्रशासनबाट भदौ १ गतेदेखि मतदाता नामावली संकलन चलिरहेको छ’ उनले भने । ठाउँ अभावले जिल्ला प्रशासनको नामावली संकलन कक्ष जिल्ला समन्वय समितिमा राखिएको छ । प्रशासनबाट नागरिकता लिएकाहरु मतदाता नमावलीमा नाम दर्ता गराउन जिल्ला समन्वय समितिमा फोटो खिचाउन जानुपर्छ ।


ईलाका प्रशासन कार्यालय सिर्दिबासमा पनि नामावली संकलन कक्ष राखिएको छ । ‘दुईवटा प्रशासनमा नयाँ नमावली दर्ता गराउन मात्र मिल्छ’ जिल्ला निर्वाचन अधिकारी कोईरालाले भने ‘नाम ठेगाना त्रुटी भएको, सच्याउनुपर्ने भने जिल्ला निर्वाचन कार्यालयबाट मात्र मिल्छ ।’
नयाँ नाम दर्ता गराउन १६ वर्ष उमेर पुरा भएर नागरिकता लिएकाले सक्नेछन् ।

तर १८ वर्ष पुगेपछि मात्रै मतदाता नामावलीमा नाम प्रशासन हुनेछ । १८ वर्ष उमेर माथिका सबैको नाम नामावलीमा तत्काल समावेश हुनेछ । सच्याउनुपर्ने वा ठाउँ सार्नुपर्नेको हकमा बसाँईसराई, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी आवश्यक पर्ने निर्वाचन अधिकारी कोईरालाले बताए ।


गाउँगाउँमा मतदाता नामालवी संकलन, अद्यावधी गर्ने टोली नजाँदा गाडी रिर्जभ गरेर नाम दर्ता गराउन पैसा खर्च गरेर सर्वसाधारण सदरमुकाम आउन थालेका छन् । ‘गाउँगाउँमा संकलन गर्न जाने बारे कुनै जानकारी अहिले सम्म आएको छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्