| शनिबार, बैशाख २२, २०८१

राष्ट्रिय कराँतेमा गोरखालाई एक स्वर्ण, चार रजत, एक कास्य

काठमाडौमा भएको राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाकालाई एक स्वार्ण, चार रजत र एक कास्य पदक प्राप्त गरेका छन् । नेपाल सितोरियो कराँते संघ सतुङ्गल शाखा डोजो र गणेशमान सिंह फाउनण्डेशनको सयुक्त आयोजनामा भएको राष्ट्रिय कराँते प्रतियोगितामा गोर्खाली खेलाडीले उक्त पदक प्राप्त गरेका हुन् ।

No description available.

गत चैत्र १५ र १६ गते काठमाडौँमा भएको राष्ट्रिय कराँत प्रतियोगितामा गोरखाबाट ६ जना खेलाडी सहभागिता रहेको गोरखा खेलकुद विकास समितिमा कार्यरत प्रमुख कराते प्रशिक्षक ग्याम्जो लामाले बताए । उनीहरु मध्य कुमुते फाइट तर्पmबाट ५० केजी तौल समूहमा बुद्ध लामाले स्वर्ण पदक सहित उत्कृट खेलाडी घोषित भए ।

No description available.

कुमुते फाइट ५५ केजी तौल समूहमा वमिन गुरुङ र ७५ केजी तौल समूहमा विशाल थापामगरले रजत पदक हाँलिस गरे । ५० केजी तौल समूहमा अनिता घलेले कास्य पदक प्राप्त गरेको प्रशिक्षक ग्याम्जो लामाले बताए ।
सोहि प्रतियोगितामा टिम काता तर्पmबाट गोरखा तीन जनाले रजत पदक हासिल गरे । बुद्ध लामा, वमिन गुरुङले रजत पदक जितेको लामाले जानकारी दिए ।

No description available.


यस अघि राष्ट्रिय कराते प्रतियोगिता छनौटका लागि गण्डकी प्रदेश स्तरीय कराते प्रतियोगिता पोखरा सम्पन्न भएको थियो । चैत्र १२ गतेसम्पन्न प्रतियोगितामा गोरखाबाट ६ जना खेलाडी सहभागिता रहेको कराते प्रशिक्षक ग्याम्जो लामाले बताए ।

No description available.


प्रदेशस्तरीय छनौट प्रतियोगिता ५० केजी तौल वद्ध लामा, ५५ केजी तौल समूह वमिन गुरुङ, ६० केजी तौल समूहमा सक्षेम लामा, ६७ तौल समूहमा विन्दान थापामगर, ७५ केजी तौल समूहमा विशाल थापामगर र ५० केजी तौल समूहमा अनिता घलेले प्रतिस्पर्धा गरेको थिए । प्रतिपस्र्धामा सहभागि छ जनाले स्वर्ण पदक जितेको प्रशिक्षक लामाले जानकारी दिए ।

साथै गोरखा कराते टिम प्रतियोगितामा टिम च्याम्पिएन बन्न सफल भएको उनले बताए । उक्त करोत प्रतियोगितामा गोरखाबाट सहभागिता सबै जनाले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षले लामाले बताए । उक्त प्रतियोगितामा प्रदेशभरीका ११ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको रहेको छ ।

No description available.

त्यस्तै, आगामी चैत्र २४ देखि २६ गते सम्म काठमाडौमा हुन गइरहेको प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा गोरखाबाट ६ जना खेलाडी सहभागिता जनाएको समेत प्रशिक्षक लामाले बताए । उनीहरुले कुमुते फाइट, काता तर्फ प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्