| बिहिबार, मंसिर २१, २०८०

‘बागी २’ बन्यो २०१८ मा पहिलो दिनमा सर्वाधिक कमाई गर्ने चलचित्र

चैत १८ – अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी अभिनित चलचित्र ‘बागी २’ ले बक्स अफिसमा शानदार सुरुवात गरेको छ । चलचित्र ‘बागी २’ ले प्रदर्शनको पहिलो दिनमै २५.१० करोड रुपैयाँ कलेक्सन गर्दै सन् २०१८ सालको पहिलो दिनमा सबैभन्दा धेरै ओपनिङ्ग गर्ने चलचित्र बनेको छ ।

 

चलचित्र पद्मावतले राखेको रेकर्ड बागी २ ले तोडिदिएको छ । यस्तै, चलचित्र बागी २ ले शनिबार दोस्रो दिनमा २२ करोड रुपैयाँ कमाई गर्दै २ दिनमा ४७.१० करोड कमाई गरेको छ ।

चलचित्रमा टाईगर श्राफको एक्शन र स्टन्टले दर्शकमाझ चुम्बकको काम गरेको छ भने टाइगर र दिशाको केमेस्ट्रीलाई पनि दर्शकलाई निकै रुचाएका छन् ।

चलचित्रको घोषणा भएको मिति देखि नै चर्चा बटुलिरहेको बागी २ वर्ष २०१६ मा प्रर्दशन भएको फिल्म बागीको सीक्वेल हो । बागीमा टाइगरका साथ अभिनेत्री श्रद्धा कपूर थिइन् भने बागी २ मा टाइगरका साथ दिशा पटनीले पहिलो पल्ट एकसाथ स्क्रीन शेयर गरेकी हुन् ।

चलचित्रमा यो जोडीको साथै चलचित्रमा मनोज बाजपेयी, रणदीप हुड्डा र प्रतिक बब्बरको पनि महत्वपूर्ण भूमिका रहेको छ । साजिद नाडियाडवाला र फोक्स स्टार स्टुडियो निर्माणमा बनेको बागी २ को निर्देशक अहमद खानले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्