| शनिबार, बैशाख ८, २०८१

करेन्ट लागेर विद्युत प्राधिकरण गोरखाका प्राविधिक कर्मचारीको मृत्यू

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ५ जरेवरमा चोरी गरेर लगिएको हुकिङ लाईन छुटाउने क्रममा ताप्लेजुङ घर भई गोरखामा कार्यरत ३२ वर्षिय रामकुमार लिम्बुलाई सोमवार दिउँसो करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको विद्युत प्राधिकरण बितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए ।

लिम्बु सात/आठ वर्षअघिदेखि विद्यूत प्राधिकरण बितरण केन्द्र गोरखामा कार्यरत छन् । उनी ज्यालादारी प्राविधिक कर्मचारी रहेको प्रमुख न्यौपानेले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याईँदै छ ।

प्रतिक्रिया दिनुहोस्