
चीनको सिमामा भारतीय जहाज, युद्ध हुने संकेत !
दोक्लाम विवादपछि चीनसँग सीमा जोडिएको क्षेत्रमा सैनिक उपस्थिति मजबुत बनाउन सैनिक संख्या र सुविधा थपिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसै वर्षको शुरुमा भारतीय सेनाका प्रमुख विपिन रावतले पाकिस्तानी सीमाबाट चीनतर्फको सीमा ध्यान केन्द्रित गर्ने समयमा आएको बताएका थिए । उनले ‘भारतीय सेना साढे २ मोर्चाका लागि तयार रहेको’ बताएका थिए । बाह्य चुनौतीको रुपमा पाकिस्तान र चीन र आन्तरिक रुपमा स्लामिक अतिवादी र माओवादी विद्रोहको सामना गर्न सेना तयार रहेको उनले बताए ।
टाइम्स अफ डन्डियाले पश्चिमको लद्दाखदेखि पूर्वको अरुणाञ्चल प्रदेशसम्म भारतले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई बढाउँदै लगेको जनाएको छ ।
अरुणाञ्चल प्रदेशको सुरक्षामा मात्रै चार डिभिजन तैनाथ र २ डिभिजन रिजर्भ राखिएको जनाएको छ । एउटा डिभिजनमा १२ हजार सैनिक हुन्छन् । त्यसैगरी पूर्वी कमाण्ड अन्तर्गतको यस क्षेत्रको सामरिक केन्द्रहरुमा तीन वटा सैनिक अस्तापल २ वर्षभित्र निर्माण गर्ने गरी काम शुरु भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ । चीनले अरुणाञ्चल प्रदेशलाई आफ्नो भूभाग मान्छ । चीनले त्यसलाई दक्षिण तिब्बत भन्दै आएको छ ।
भारतले सन् २०२० सम्ममा परमाणु बोक्न सक्ने युद्धक विमानहरु तैनाथ गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
भुटान, भारत र चीनको त्रिदेशीय विन्दु दोक्लममा भारत र चीनको सैनिक आमने सामने भएको घटनापछि भारतले सैन्य सुविधा बढाएको हो । सात महिनाअघि ७३ दिनसम्म भएको विवादपछि वास्तविक नियन्त्रण रेखा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा सैनिक र सुविधाहरु थपेको जनाएको छ। चीन र भारतबीच स्पष्ट सीमांकान छैन । भारत र चीनबीचको ४ हजार ५७ किमी सीमा जोडिएको छ । भारत र चीनले सीमा विवाद समाधानका लागि सन् २००५ देखि पटक–पटक वार्ता गरे पनि त्यसले अन्तिम रुप प्राप्त गरेको छैन ।
भारतीय सैनिकले कठिन भौगोलिक अवस्थिति रहेको एलएसी क्षेत्रमा २८ देखि ३० दिनसम्मको लामो दुरीको पेट्रोलिङ शुरु गरेको छ । भारतले यस क्षेत्रमा टि ७२ ट्याङ्कको तैनाथीको संख्या समेत बढाउने भएको छ । त्यसैगरी चीनसँग सीमा जोडिएको लद्दाखबाट पूर्व र सिक्किममा २ सय ९० किमीको मारक क्षमता भएको सुपर सेनिक ब्राम्होस क्षेप्यास्त्र र बोफोर्स तोप अरुणाञ्चल प्रदेशमा तैनाथ गर्ने भएको छ । उत्तर पूर्वी भारतमा अहिले सुखोइ युद्धक विमान मात्रै रहेको समयमा भारतले परमाणु बोक्न सक्ने राफेल बिमान पनि तैथान गर्ने बताइएको हो ।
मार्च महिनाको शुरुमा भारतकी रक्षामन्त्री निर्मला सिथारमणले दोक्लम क्षेत्र नजिकै चीनले हेलिप्याड, सैनिकहरुका लागि सेन्ट्री पोस्ट र ट्रेन्चहरु निर्माण गरिएको संसदलाई जानकारी गराएकी थिइन् । चीनले पनि सो क्षेत्रमा सैनिकको संख्या निकै बढाएको समाचारहरु आएका छन् ।
यसअघि जनवरी महिनामा भारतीय सेनाका प्रमुख विपिन रावतले पाकिस्तानको सीमामा ध्यान चीनतर्फको सीमा केन्द्रीत गर्नु पर्ने समय आएको उल्लेख गरेका थिए । यसले पनि भारतका लागि चीनसँगको सीमा सुरक्षा गम्भीर बन्दै गएको देखाउँछ ।
भारत र चीनबीच सन् १९६२ मा छोटो तर निकै घातक युद्ध लडेकाको इतिहास छ । त्यो समयमा भारत नराम्रोसँग पराजित भएको थियो । दुवै देशका विशेष प्रतिनिधिहरुले बिसौं चरणमा वार्ता गरे पनि समस्या समाधान भएको छैन। भारत र चीनबीच १९९३, १९९६, २००५ र २०१३ मा भएको सम्झौताहरुले दुवै पक्षले एकले अर्का भूभागमा अतिक्रमण नगर्ने गरी शान्ति बनाइराखेका छन् ।
चीनसँगको युद्ध लगत्तै पाकिस्तानसँग भारतले युद्ध गरेको थियो । भारतले पाकिस्तानसँग भने चार वटा युद्ध लडिसकेको छ । पछिल्लो समयमा उनीहरुको सैनिक गतिविधि र योजनाहरु पाकिस्तान केन्द्रित रहँदै आएको थियो