| बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा महानायक राजेश हमाल पनि

गत शुक्रबार राजधानीमा आयोजित फान अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो भारत भ्रमणका क्रममा भ्रमण दलका सदस्यमा कलाकारहरुलाई पनि सहभागी बनाउने बताएका थिए।

 

उनले आफूले भारतमा रहँदा भारतीय कलाकारसँग पनि छलफल गर्ने भन्दै कलाकारलाई पनि विशेष महत्व दिएर भ्रमणमा सहभागी गराउने बताएका थिए।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका सहभागी हुने मन्त्री, सांसद, सरकारी कर्मचारी, नेता र कलाकारको छनौट सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

अहिलेसम्म कलाकारबाट अभिनेता राजेश हमालको नाम सिफारिस भैसकेको जनाइएको छ। भारतीय कलाकारसँग छलफल पनि गर्नुपर्ने भएका कारण वौद्धिक कलाकारको छवि बनाएका हमाललाई टिममा समावेश गरिएको जनाइएको छ।

राजेश हमाल तिनै कलाकार हुन जसले जसले ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा देखि नै ओलीको राष्ट्रवादको प्रशंसा गर्दे आएका थिए। गत स्थानीय निर्वाचनमा उनले लैनचौरमा एमालेका पक्षमा भोट समेत मागेको चर्चा थियो भने ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले भेटेरै बधाइ दिएका थिए।

भ्रमण टोलीमा सहभागी हुने राजेश बाहेकका अन्य कलाकारको भने टुंगो लाग्न बाँकी नै छ भने प्रधानमन्त्रीले दिल्लीमा भेटने भनेका भारतीय कलाकारको पनि टुंगो लागेको छैन।

प्रधानमन्त्री ओलीले यही चैत २३ गतेबाट भारतको भ्रमण गर्ने कार्यक्रम तय भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्