
हाँस्य कलाकार मदन कृष्णकी श्रीमतीको निधन !
काठगमाडौं, चैत २० – वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उहाँको मंगलबारै अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिनुभयो । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।