| शुक्रबार, बैशाख ७, २०८१

यो कस्तो निर्णय, जति धेरै सन्तान जन्मायो त्यती धेरै भत्ता दिने, नगरपालीकाको जनसंख्या बढाएर महानगर बनाउने !

नेकपा एमालेका नेता प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले भूकम्प पीडितलार्इ अनुदान तथा सुविधा दिन ढिलालाई गर्न नहुने बताए ।

एमाले नेता खतिवडाले मंगलबार संसदमा बोल्दै लालपूर्जा नहुने भूकम्पपीडित अनुदान नपाएको ध्यानाकषर्ण गराए का थिए । भूकम्पपीडितलाई २ वर्षमै आवाससहित सम्पूर्ण सुविधा दिने भनिएको थियो तर ४ वर्ष हुँदा पनि केही नपाउनु अत्यन्तै दुखद् हो’ उनले भने, ‘नागरिकता भएका नागरिक र नभएका ऐलानी नागरिक, यस्तो कुतर्क पनि सुनिदैछ ।’

सांसद खतिवडाले इलाम नगरपालिकाले गरेको सुत्केरी भत्ता दिने निर्णयप्रति आपत्ति प्रकट गरे । नगरपालिकाले बैशाख १ देखि २ वटासम्म बच्चा हुनेलाई २ हजार, ३ वटा बच्चा हुनेलाई ३ हजार, पाँचवटा र सोभन्दा बढी बच्चा हुनेलाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

‘जति धेरै सन्तान जन्माए त्यति धेरै भत्ता दिन रे, यो कस्तो अम्चमको निर्णय हो ?’ उनले भने, ‘त्यसो किन गरेको त भन्दा नगरपालिकाको जनसंख्या बढाएर महानगर बनाउने रे, अरु नगरपालिकाले पनि त्यस्तै निर्णय गरे के हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्