
गौतमले दिए सरकार ढल्ने चेतावनी
काठमाण्डु, १० वैशाख – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सरकारले सदुपयोग गर्न नसके वाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढाल्ने बताएका छन् ।
सोमबार काठमाण्डुमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले मुलुक निर्माण गर्ने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका हुन् । उनले जनताको भरोसा हुनेगरी काम नगरे ५ वर्षपछि वाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए।
उपाध्यक्ष गौतमले जनताको आकर्षणको केन्द्र बिन्दु बन्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताए।