| शुक्रबार, चैत्र ७, २०८१

सरकारसँग छैन बैंक खाता, बजेट खर्च गर्ने बाटो बन्द

यस्तो छ आजको मन्त्री परिषदको निर्णय

काठमाडौँ ः मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राजनीतिक नियुक्तिदेखि राहदानीमा नयाँ व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रंविधि राज्य मन्त्री गोकुल बास्कोटाले बताएअनुसार–घर बहाल दोहोरो कर नलाग्ने अर्थ मन्त्रालयको प्रस्ताव पारित गरिएको छ ।
रानी जमरा लम्की परियोजना सञ्चालन गर्न क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरिएको छ ।
चुनावका बेलामा बम विस्फोटमा विभिन्न ठाउँमा नागरिक घाइते भएका छन् भने कतिपय स्थानमा बलात्कारका घटनाहरु भएका छन् । ती घटनामा परेकालाई स्थानीय प्रशासनको मुचुल्काअनुसार अस्पतालको बिलअनुसार आर्थिक सहयोग गर्ने निर्णय भएको छ ।
संघीय संरचनामा गएपछि नयाँ पदहरु सिर्जना भएको छ । प्रदेश सरकार, प्रदेश संसद बनेको छ । पुरानो व्यवस्था कायम राख्दै जिल्ला समन्वय समितिका प्रमुखलाई पनि कुटनीतिक राहदानी उपलब्ध गराउने तथा गाउँपालिकाका अध्यक्षलाई विशेष राहदानी उपलब्ध गराउने निर्णय भएको छ ।
१३ जना महासेनानीको २ वर्षका लागि म्याद थप भएको छ ।
राज्यमन्त्रीको सुविधासहित बाराका अच्युत मैनालीलाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र विशिष्ट श्रेणीको सेवा सुविधानसहित प्राध्यापक कुन्दन अर्याललाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको छ ।
१५ गते ४ बजे राष्ट्रपतिले संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्