
भूकम्पपछिको पुननिर्माण बुझ्न बारपाक पुगे सांसद दवाडी
गोरखा १२ वैशाख । भूकम्पपछिको पुननिर्माणको अवस्थाबारे बुझ्न नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडी बारपाक पुगेका छन् ।
विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा के कति पुननिर्माण भएको छ भन्ने बुझ्न उहाँ बैशाख ११ गते नै बारपाक पुग्नुभएको हो । बारपाक सांसद दवाडीको निर्वाचन क्षेत्रसमेत हो ।
भूकम्प गएको आज ठ्याक्कै ३ वर्ष पुगेको छ । भूकम्पले पु¥याएको क्षतिपछि कति घर पुननिर्माण भए ? कति विद्यालय पुननिर्माण भए ? विदेशी सहयोग के कति आए भन्ने बारेमा सांसद दवाडीले स्थानीयसँग जिज्ञासा राख्नुभएको थियो ।
सोही क्षेत्रका सांसदसमेत भएकाले उहाँले सरकारी तथा गैरसरकारी क्षेत्रबाट पुननिर्माणका लागि आएको रकम अन्य स्थानमा प्रयोग नगर्न स्थानीयलाई निर्देशन समेत दिनुभएको छ ।